Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले ६ महिनापछि पाए २५ लाखकाे कार

‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले ६ महिनापछि पाए २५ लाखकाे कार

  • बिहिवार, श्रावण २९ २०७७

  • 931
    SHARES

  • ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले ६ महिनापछि पाए २५ लाखकाे कार

    काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको टिमले बुधबार कार हस्तान्तरण गरेको हो ।

    गतवर्षको अन्त्यतिर आयोजित च्याम्पियनमा पन्त प्रतियोगी सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै कमेडी च्याम्पियन बनेका थिए । कोरोनाका कारण फाइनल घोषणा भएको करिब ६ महिनापछि मात्रै हिमेशले पुरस्कार पाएका हुन् ।

    कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बिच कार हस्तान्तरण गरे । उक्त कारको मूल्य २५ लाख रुपैयाँ परेको बताइएको छ ।

    कमेडि च्याम्पियन सिजन २ को डिजिटल अडिसन सुरुवात हुने तरखरमा छ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराईले निरन्तरता पाउने छन् । कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले नै सञ्चालन गर्ने निर्माण युनिटले बताएकोे छ ।


    बिहिवार, श्रावण २९ २०७७०३:४३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij