Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यौन दुर्व्यवहार आरोपी स्थापित एमालेबाट मेयर उम्मेदवार

यौन दुर्व्यवहार आरोपी स्थापित एमालेबाट मेयर उम्मेदवार

  • मंगलवार, बैशाख १३ २०७९

  • 988
    SHARES

  • यौन दुर्व्यवहार आरोपी स्थापित एमालेबाट मेयर उम्मेदवार

    काठमाडौँ - नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाइ उम्मेदवार बनाएको छ । केशव स्थापित त्यही ब्याक्ति हुन् जसमाथि दुइ महिलाले यौन दुर्व्यवहारको गम्भिर आरोप लगाएका थिए ।

    यौन दुर्व्यवहारकै आरोपमा उनलाइ तत्कालीन मूख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गरेका थिए। उनी बागमती प्रदेशमा भौतिक योजना तथा विकास मन्त्री थिए । सोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले आफुलाइ बदनाम गर्न केही ब्याक्तिहरुले बारम्बार यौन दुर्व्यवहारको मुद्दा उठाउने गरेको बताए ।  

    उनले भने, ‘स्थापित र विवाद जहिले पनि संगसंगै हिड्छ र विवादमा नआउने पनि केशव स्थापित हुनसक्छ र?’ । यौन दुर्व्यवहार जस्तो गम्भिर मुद्दालाइ हासोमा उडाए। उनले आफुले डबल मत ल्याएर जीत्ने दावी समेत गरे। तपाइहरु केवल जनतालाइ हावामा उडाउने योजनाको मात्र कुरा गर्नुहुन्छ जुन कार्यान्वयन गर्न निकै जटिल हुन्छ भनि सोधिएको प्रश्नमा उनले एमालेको काम नै उडाउने हो भनि उत्तर दिए ।

    विगतमा आफुमाथि ५० वटा मुद्दा लाग्दा ५० वटा मुद्दा निकै कम भएको र थप ५ वटा मुद्दा अझै थप गर्न निवेदेन दिन सक्ने समेत हिम्मत भएको मान्छ आफु भएको दावि गरे ।


    मंगलवार, बैशाख १३ २०७९०४:४६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij