Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावटको आरोपमा ५ जना विरुद्ध मुद्दा

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावटको आरोपमा ५ जना विरुद्ध मुद्दा

  • आइतवार, बैशाख ११ २०७९

  • 705
    SHARES

  • १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावटको आरोपमा ५ जना विरुद्ध मुद्दा

    काठमाडौँ । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ ।

    श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको हो ।

    विभागले इन्टरनेशनलका प्रोप्राइटर मनिष कुमार अग्रवाल, एच बि ट्रेड एण्ड सप्लायर्स का साझेदार हितेश कुमार अग्रवाल, एमके इन्टरनेशनलका प्रोप्राइटर प्रमित महर्जन, एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र गणपति ट्रेड लिङ्कका प्रोप्राइटर दीपेन्द्र कुमार अग्रवालविरुद्ध अभियोग पत्र दर्ता गरेको जानकारी दिएको छ । उनीहरूसँग सजाय हुने बिगो र जरिवानासहित ३६ करोड ११ लाख ३७ हजार २८६ रकम माग दाबी गरिएको छ ।


    आइतवार, बैशाख ११ २०७९०४:०१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij