Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : १ जनाको मृत्यु, ६ जना घाइते

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : १ जनाको मृत्यु, ६ जना घाइते

  • बिहिवार, बैशाख ८ २०७९

  • 524
    SHARES

  • ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : १ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा ४५ वर्षीय बृजमोहन महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए । नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरुवाति अनुसन्धान गरिरहेको र अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए ।

    । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमेत घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते भएका एकजनाको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् । दुर्घटनास्थलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतका टोली पुगेका छन् । घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

     

     


    बिहिवार, बैशाख ८ २०७९०१:२८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij