Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशभर थप १० जनामा कोरोना संक्रमण, ३३४ जना सक्रिय संक्रमित

देशभर थप १० जनामा कोरोना संक्रमण, ३३४ जना सक्रिय संक्रमित

  • मंगलवार, बैशाख ६ २०७९

  • 577
    SHARES

  • देशभर थप १० जनामा कोरोना संक्रमण, ३३४ जना सक्रिय संक्रमित

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन ।

    हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।


    मंगलवार, बैशाख ६ २०७९०४:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij