Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको

थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको

  • सोमवार, बैशाख ५ २०७९

  • 759
    SHARES

  • थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।


    सोमवार, बैशाख ५ २०७९०४:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij