काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल अन्तिम साता बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिखमा भर्चुअल मार्फत बस्न लागेको हो ।
संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ । जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरू पठाउन आइसीसी सदस्यहरूलाई आग्रह गरिएको छ ।
आइसीसी सदस्यहरूको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी बैठकले ती एजेण्डालाई अन्तिम रुप दिने छ । बैठकमा संघको संरक्षक परिषद्को गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरूको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।