काठमाडौँ । स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट वालिङ बजारतर्फ जादैँ गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान साढे १० बजे डाँडाखर्कको भित्री सडकमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिब बस्नेतले जानकारी दिएका छन् ।
उनीहरुकोे पहिचान खुल्न नसकेको एसपी बस्नेतले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको एसपी बस्नेतले बताए। उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ ।