Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

डब्लूएचओका महानिर्देशक डा. ट्रेडोस नेपाल आउँदै

डब्लूएचओका महानिर्देशक डा. ट्रेडोस नेपाल आउँदै

  • शुक्रवार, बैशाख २ २०७९

  • 719
    SHARES

  • डब्लूएचओका महानिर्देशक डा. ट्रेडोस नेपाल आउँदै

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउँदै हुनुहुन्छ । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो ।

    मन्त्रालयका सचिव डा. रोसन पोखरेलका अनुसार डा. टेड्रोस ८ वैशाखमा नेपालमा आउँदै हुनुहुन्छ । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट उहाँले बताउनुभयो ।

    नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम छ ।

    महानिर्देशक ट्रेडोससँगै डब्लूएचओका दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, बैशाख २ २०७९०४:१४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij