Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुस्तायो कोरोनाविरुद्धको खोप अभियान, साढे २३ लाखले लगाए बुस्टर डोज

सुस्तायो कोरोनाविरुद्धको खोप अभियान, साढे २३ लाखले लगाए बुस्टर डोज

  • बिहिवार, बैशाख १ २०७९

  • 431
    SHARES

  • सुस्तायो कोरोनाविरुद्धको खोप अभियान, साढे २३ लाखले लगाए बुस्टर डोज

    काठमाडौँ । नेपालमा हालसम्म झण्डै साढे २३ लाखले कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २३ लाख ४७ हजार २२२ जनाले बुस्टर डोज लगाएका छन् ।

    सरकारले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनामै बुस्टर डोज लगाउन आग्रह गरेको थियो । कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि नियमित खोप लगाउने तथा बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको मन्त्रालयको आंकडाले देखाएको छ ।

    स्वास्थ्य मन्त्रालयले चैत्र १३ गते सूचना जारी गरी पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेपछि अनिवार्य रुपमा बुस्टर मात्रा लगाउन आग्रह गरेपनि बुस्टर डोज लगाउन खोप केन्द्रमा न्यून सङ्ख्यामा सर्वसाधारण पुग्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसअघि सरकारले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेपछि मात्रै बुस्टर डोजको व्यवस्था गरेको थियो ।


    बिहिवार, बैशाख १ २०७९०२:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij