Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पत्रकार बानियाँको निधनबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पत्रकार महासंघको माग

पत्रकार बानियाँको निधनबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पत्रकार महासंघको माग

  • बुधवार, श्रावण २८ २०७७

  • 776
    SHARES

  • पत्रकार बानियाँको निधनबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पत्रकार महासंघको माग

    काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

    बुधबार महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको दु:खद निधनले महासंघ स्तब्ध भएको जनाएको छ। महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ।’

    महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको  निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ।

    नहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्। लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए।


    बुधवार, श्रावण २८ २०७७०५:११:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij