Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौं उपत्यकामा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

आज काठमाडौं उपत्यकामा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

  • बुधवार, श्रावण २८ २०७७

  • 560
    SHARES

  • आज काठमाडौं उपत्यकामा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १४० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

    आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।

    बुधबार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

    आज १० हजार ४ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ भने हालसम्म ४ लाख ७३ हजार १ सय ७८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।


    बुधवार, श्रावण २८ २०७७०४:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij