Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

  • बुधवार, श्रावण २८ २०७७

  • 495
    SHARES

  • नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

     पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


    बुधवार, श्रावण २८ २०७७०४:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij