Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल-भारत सीमाको स्ट्रीप नक्साबारे सत्यतथ्य जानकारी गराउन संसदीय समितिको निर्देशन

नेपाल-भारत सीमाको स्ट्रीप नक्साबारे सत्यतथ्य जानकारी गराउन संसदीय समितिको निर्देशन

  • बुधवार, श्रावण २८ २०७७

  • 874
    SHARES

  • नेपाल-भारत सीमाको स्ट्रीप नक्साबारे सत्यतथ्य जानकारी गराउन संसदीय समितिको निर्देशन

    काठमाडौं ।  नेपाल-भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

    समितिको बुधबार बसेको बैठकले नेपाली टोलीले कञ्चनपुरलगायतका भारतसँग सीमा जोडिएका जिल्लामा तयार पारेको स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।

    परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकामन्त्री र अधिकारीहरूसँगको छलफलपछि सो सम्बन्धमा जानकारी गराउन समितिले निर्देशन दिएको हो । समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा विवाद आएकाले त्यससम्बन्धमा के भएको हो भन्ने यथार्थ जानकारी गराउन निर्देशन दिएकी हुन् ।

    सीमा सम्बन्धमा दुई देशबीच हुने छलफलमा विवाद बाँकी नरहने गरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न र त्यस सम्बन्धी जानकारी समितिलाई गराउनसमेत उनले निर्देशन दिएकी छन् ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल-भारतबीच सीमा विवादको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समितिले निर्देशन दिएको छ ।

    त्यस्तै, हराएका सीमा स्तम्भहरू आधुनिक प्रविधिद्वारा पत्ता लगाई तत्काल पुनर्स्थापना गर्ने, सीमा स्तम्भको दुरी कम गर्ने र क्षति भएका सीमा स्तम्भको मर्मत सम्भार गर्ने, सीमा क्षेत्रमा नेपालकोतर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा समितिले अहिलेसम्म दिएका निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ ।

     


    बुधवार, श्रावण २८ २०७७०४:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij