Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल र श्रीलंकाबीचको आर्थिक अवस्था तुलना गर्न मिल्दैन : अर्थमन्त्री शर्मा

नेपाल र श्रीलंकाबीचको आर्थिक अवस्था तुलना गर्न मिल्दैन : अर्थमन्त्री शर्मा

  • शुक्रवार, चैत्र २५ २०७८

  • 589
    SHARES

  • नेपाल र श्रीलंकाबीचको आर्थिक अवस्था तुलना गर्न मिल्दैन : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन नसक्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको जिकिर गर्नुभयो ।

    उहाँले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनुभयो । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उहाँको भनाइ छ ।

    शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको बताउनुभयो । उहाँले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गर्नुभएको छ । अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उहाँको भनाइ छ ।


    शुक्रवार, चैत्र २५ २०७८०३:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij