Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यी हुन् बिहीबारको मन्त्रिपरिषदले गरेका निर्णय (सूचीसहित)

यी हुन् बिहीबारको मन्त्रिपरिषदले गरेका निर्णय (सूचीसहित)

  • शुक्रवार, चैत्र २५ २०७८

  • 894
    SHARES

  • यी हुन् बिहीबारको मन्त्रिपरिषदले गरेका निर्णय (सूचीसहित)

    काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेका विभिन्न २३ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेकोदेखि २० देशमा राजदूत सिफारिस भएको, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिए।

    श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको कार्कील बताए। त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने निर्णय भएको उनले बताए ।

    मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् :


    शुक्रवार, चैत्र २५ २०७८०१:३४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij