Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राप्रपाद्वारा पार्टी एकीकरण कार्यान्वयन र थप ब्याख्या गर्न सुझाव समिति गठन

राप्रपाद्वारा पार्टी एकीकरण कार्यान्वयन र थप ब्याख्या गर्न सुझाव समिति गठन

  • बुधवार, श्रावण २८ २०७७

  • 1.2K
    SHARES

  • राप्रपाद्वारा पार्टी एकीकरण कार्यान्वयन र थप ब्याख्या गर्न सुझाव समिति गठन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ । 

    बुधबर बसेको सो पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न समिति गठन गरेको सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र धुर्ववहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    समितिलाई सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । समितिमा दिपक बोहोरा,बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् ।

    २०७६ साल फागुन २४ एकताको १० बुँदे आधारपत्रमा तीन अयक्षले हस्ताक्षर गरेका थिए । त्यसपछि फागुन २९ गते एकता घोषणा भएका थिए ।   


    बुधवार, श्रावण २८ २०७७०३:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij