Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • सोमवार, चैत्र २१ २०७८

  • 616
    SHARES

  • पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।

    नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । कमल सिंह ऐरीको स्थानमा सोमपाल कामी टोलीमा परेका छन् । कमल अघिल्लो खेलमा पराजित भएका थिए ।

    आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

    नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप गरेको थियो ।

    पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

    पीएनजी नेपाललाई पन्छाउँदै टीट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।

    नेपाली टिम
    सन्दीप लामिछाने ९कप्तान०, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलीप नाथ, आदिल अन्सारी, रोहित कुमार पौड्याल


    सोमवार, चैत्र २१ २०७८१२:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij