Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्‍चालकहरूको चेतावनी

आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्‍चालकहरूको चेतावनी

  • बुधवार, श्रावण २८ २०७७

  • 752
    SHARES

  • आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्‍चालकहरूको चेतावनी

    काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी १६ भदौदेखि हवाई उडान खुला नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

    सरकारले ५ साउन २०७७ मा १ भदौदेखि हवाई उडान खुला गर्ने भनेपनि कोभिड—१९ को संक्रमण बढ्दै गएका कारण १५ दिन लम्बाएर १६ भदौदेखि मात्रै हवाई उडान खुला गर्ने निर्णय गरेको छ। २७ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि १ भदौदेखि खुला गर्ने भनिएको सबै निर्णयलाई १६ भदौबाट भन्ने व्यहोरा उल्लेख गर्ने निर्णय गरेको छ।

    वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकोले १६ भदौबाट हवाई सेवा अनिवार्य सञ्चालन हुनुपर्ने बताएका छन्।

    ११ चैतदेखि बन्द रहेको हवाई सेवा सरकारको पछिल्लो निर्णय अनुसार अब पनि पुनः सञ्चालन नभएमा आन्दोलन गर्न बाध्य हुने वायुसेवा सञ्चालक संघले २८ साउनमा जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।

    संघले विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्डलाई पालना गरेर हवाई उडान सञ्चालन गर्नुपर्ने माग गरेकाे छ। वायुसेवा कम्पनी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर हवाई उडान सञ्चालन गर्न तयारी अवस्थामा पुगिसकेकाे पनि उल्लेख छ।

    वायुसेवा सञ्चालक संघका अनुसार, आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारबाट संक्रमण परीक्षण गर्न चाहेको अवस्थामा एउटै ठाउँमा सम्भव हुने दाबी छ । वायुसेवा कम्पनीले काटेका टिकेटिङ सिस्टमबाट यात्रुहरुको कन्ट्याक ट्रेसिङ पनि क्षणभरमै गराउन सकिने संघको भनाइ छ।

    वायुसेवा सञ्चालन गर्न नपाउँदा यो क्षेत्रमा आश्रित दशौं हजार श्रमिकको आयस्रोत गुमेको र तिनका परिवारको रोजीरोटी नै बन्द हुनुका साथै हवाई उद्योग नै धरासायी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । वायुसेवाले उडान सञ्चालन गर्न नपाउँदा दिनदिनै ठूलो आर्थिक नोक्सानी भएको तथा हवाई उद्योग नै बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ।

    पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार कोभिड—१९ संक्रमणको अवस्था हेरेर सरकारले गर्ने निर्णय अनुसार जानुपर्छ । अहिलेलाई सरकारले गरेको पछिल्लो निर्णय अनुसार १६ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन्छ ।

    नियमित उडान नहुँदा सरकारले दिएको सीमा अनुसार दैनिक ५ सय जनासम्मको उद्धार उडानको तालिका दिइने पनि उनले बताए।


    बुधवार, श्रावण २८ २०७७०३:१५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij