Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

  • आइतवार, चैत्र २० २०७८

  • 735
    SHARES

  • सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

    काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

    विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।

    पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।

    पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ । गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको भने हरेक वर्ष चैतमा पुनरावलोकन गरेर भाडा समायोजन गरिने जनाइएको छ ।

    यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो ।

     


    आइतवार, चैत्र २० २०७८०४:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij