Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : प्रकाशमान

पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : प्रकाशमान

  • शुक्रवार, चैत्र १८ २०७८

  • 636
    SHARES

  • पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : प्रकाशमान

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताएका छन् ।

    आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।

    कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केही नेताहरुले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।

    कार्यक्रममा नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता–कार्यकर्ताको गतिविधिको एक–एक हिसाब हुने समेत बताए ।

    विगतका निर्वाचनमा पनि अन्तरघात हुने गरेको थियो । अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो ।

     


    शुक्रवार, चैत्र १८ २०७८०२:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij