Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेको आर्थिक अभियान : उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि ५ हजार जम्मा गर्नुपर्ने

एमालेको आर्थिक अभियान : उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि ५ हजार जम्मा गर्नुपर्ने

  • बिहिवार, चैत्र १७ २०७८

  • 575
    SHARES

  • एमालेको आर्थिक अभियान : उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि ५ हजार जम्मा गर्नुपर्ने

    काठमाडौं – नेकपा एमालेले आर्थिक कोष व्यवस्थापन अन्तर्गत फाइभ थाउजेण्ड बाई फाइभ थाउजेण्ड अभियान कार्यान्वयनमा ल्याउने भएको छ । जसअनुसार एमालेका उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले रकम जम्मा गर्नुपर्नेछ ।

    साथै पार्टीका नाममा रहेका बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील गराएको एमालेले जनाएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिला जारी गरेको ९अपानी –१०० मा निष्क्रिय केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ को व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरेको उल्लेख छ ।

    ‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान ९फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान०’ प्रस्ताव गर्नुभयो । एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरी नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्यो ।’

    एमालेले जारी गरेको अपानीमा आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक पार्टी सदस्यको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।


    बिहिवार, चैत्र १७ २०७८०५:५६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij