Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

'नेकपा एमाले क्विन्टलको ढक हो एक्लै लड्न अव कुनैपनि पार्टीले नचिताए हुन्छ' 

'नेकपा एमाले क्विन्टलको ढक हो एक्लै लड्न अव कुनैपनि पार्टीले नचिताए हुन्छ' 

गठबन्धनलाई एकएक किलोका पाँच ढकको संज्ञा
  • बुधवार, चैत्र १६ २०७८

  • 530
    SHARES

  • 'नेकपा एमाले क्विन्टलको ढक हो एक्लै लड्न अव कुनैपनि पार्टीले नचिताए हुन्छ' 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गर्नुभएको छ ।

    आज भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताउनुभयो ।

    ‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भन्नुभयो, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ।’

    ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गर्नुभयो । उहाँले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताउनुभयो ।

    ओलीले आफू हाराहारीको शक्तिसँग लड्न मात्रै उपयुक्त हुने भन्दै गठबन्धनका दलहरुलाई बच्चाहरुको दल भएको बताउनुभयो । ती दलहरुसँग निहुरिएर लड्नुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताउनुभयो । निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उहाँले भन्नुभयो, ’गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ।’

    वर्तमान सरकारले कुनै काम नगरेको ओलीको दाबी थियो । उहाँले विगतमा आफ्नो कार्यकालमा भएका कामहरू उद्घाटन गर्दै हिँडेको बताउनुभयो ।


    बुधवार, चैत्र १६ २०७८०२:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij