Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए शपथ

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए शपथ

  • बुधवार, चैत्र १६ २०७८

  • 581
    SHARES

  • सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए शपथ

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन्।

    संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी थिइन्।

    उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्‌को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।


    बुधवार, चैत्र १६ २०७८०२:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij