Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता

चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता

  • आइतवार, चैत्र १३ २०७८

  • 522
    SHARES

  • चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता

    काठमाडौं– तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढेतिर २ बजे उनी चीन प्रस्थान गरेका हुन्।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्।

    यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। त्यसअघि उनी काबुलसमेत पुगेका थिए। यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए।

    शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो। विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

    आइतबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूलाई भेटेका थिए।


    आइतवार, चैत्र १३ २०७८०२:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij