Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

  • आइतवार, चैत्र १३ २०७८

  • 611
    SHARES

  • राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार (आज)बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए ।

    यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

    विदेशमन्त्री वाङले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।

    ३ दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


    आइतवार, चैत्र १३ २०७८१२:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij