Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निशान भट्टराई र ऋचा न्यौपाने विवाह बन्धनमा बाँधिए

निशान भट्टराई र ऋचा न्यौपाने विवाह बन्धनमा बाँधिए

  • मंगलवार, श्रावण २७ २०७७

  • 2.2K
    SHARES

  • निशान भट्टराई र ऋचा न्यौपाने विवाह बन्धनमा बाँधिए

    काठमाडौं । गायक निशान भट्टराईले विवाह गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।

    दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो।

    ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए।

    ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी थिइन्।


    मंगलवार, श्रावण २७ २०७७०५:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij