Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतियुनिट ३८ रूपैयाँमा भारतबाट बिजुली किन्दै प्राधिकरण

प्रतियुनिट ३८ रूपैयाँमा भारतबाट बिजुली किन्दै प्राधिकरण

  • बिहिवार, चैत्र १० २०७८

  • 553
    SHARES

  • प्रतियुनिट ३८ रूपैयाँमा भारतबाट बिजुली किन्दै प्राधिकरण

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतबाट चर्को मूल्यमा विद्युत खरिद गर्ने भएको छ । प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएको हो ।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले आज पत्रकार सम्मेलनमार्फत भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिनुभयो । भट्टराईले आज राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताउनुभयो ।

    अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । प्राधिकरणका अनुसार अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ । विद्युत अभावका कारण प्राधिकरणले उद्योगहरुलाई दिने बिजुलीमा कटौती गरेको थियो ।

    नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताउनुभयो ।

    लोडसेडिङ होइन, अल्पकालिन समस्या हो : कुलमान घिसिङ

    उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिनुभएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घसिङले भन्नुभयो, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’

    उहाँले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताउनभयो । हिजो देखिएको समस्या अल्पकालिन भएको र त्यो समाधान भइसकेकाले उद्योगहरूको आपूर्ति सहज बनाउँदै लगिने घिसिङको भनाइ छ । उहाँले अहिले नेपालको बिजुली उत्पादनमा ‘ड्राई’ सिजन चलिरहेकाले माग धान्न भारतबाट आयात गर्नुपर्ने स्थिती रहेको बताउनुभयो ।


    बिहिवार, चैत्र १० २०७८०३:०५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij