Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिश्चितकालका लागि बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिश्चितकालका लागि बन्द

  • मंगलवार, श्रावण २७ २०७७

  • 918
    SHARES

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिश्चितकालका लागि बन्द

    काठमाडौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधबार देखि अनिश्चित कालका लागि ओपिडी सेवा बन्द गर्ने भएको छ ।

    कोभिड १९ संक्रमणको खतरा बढेपछि ओपिडी सेवा बन्द गर्ने निर्देशनको पालना गर्दै प्रतिष्ठानका सहायक निर्देशक डा विकास साहद्धारा मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दो छ । भारतीय सिमानासँग जोडिएका जिल्लाहरुमा त करफ्युनै लगाएर मानिसहरुको आवत जावतमा रोक लगाएको छ । स्वास्थ्यकर्मी, सुक्षाकर्मी, संचाकर्मी लगायत सर्वसाधारणहरु ठूलो संख्यामा संक्रमित हुँदैछन् ।

    नेताहरुमा फाटफुट रुपमा कोरोना संक्रमित भएपनि उच्च सेवा सुविधाका भागिदार बनेकै छन् । सर्वसाधारण जनताले लकडाउँन, क्वारेन्टाईन, आईसुलेसन, पिसिआर परिक्षणका लागि महिनौ पालो कुर्नुपर्ने जस्ता झण्झट कायमै छ ।

    यस्तो अवस्थामा अस्पतालले सेवा नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनु दुखद बिषय भएको विज्ञहरुको ठम्याई छ ।


    मंगलवार, श्रावण २७ २०७७०४:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij