Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले गर्‍यो लुम्बिनीका चार जिल्ला अध्यक्ष हेरफेर

माओवादी केन्द्रले गर्‍यो लुम्बिनीका चार जिल्ला अध्यक्ष हेरफेर

  • सोमवार, चैत्र ७ २०७८

  • 932
    SHARES

  • माओवादी केन्द्रले गर्‍यो लुम्बिनीका चार जिल्ला अध्यक्ष हेरफेर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका चार जिल्ला अध्यक्ष परिवर्तन गरेको छ। स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रदेशका १२ मध्ये चार जिल्लाका अध्यक्ष परिवर्तन गरेको हो।

    माओवादीले प्युठान, अर्घाखाँची, गुल्मी र नवलपरासीका अध्यक्ष परिवर्तन गरेको जनाएको छ। प्युठानमा पितबहादुर एमसी, अर्घाखाँचीमा राजेन्द्र भुसाल, गुल्मीमा बुद्धिबहादुर जिसी र नवलपरासीमा भूमिश्वर तिवारीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

    स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउन नेतृत्व परिवर्तन गरिएको प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए। अरु जिल्ला अध्यक्ष भने यथावत राखिएको छ।

    स्थानीय निर्वाचन नजिकिएसँगै सम्बन्धित प्रदेशले आफू अनुकूलमा प्रदेश जिल्ला अध्यक्ष परिवर्तन गर्न थालेका छन्।

    स्थानीय तहका उम्मेदवार सकेसम्म सम्बन्धित पालिकाबाट टुंगो लगाउन माओवादीले निर्देशन दिएको छ। यदि पालिकाले उम्मेदवार टुंगो लगाउन नसकेमा सम्बन्धित जिल्लाको समन्वयमा प्रदेश कमिटीले टुंगो लगाउने भएको छ।


    सोमवार, चैत्र ७ २०७८०१:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij