Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरेको भन्दै प्रियंकाले दिइन् उजुरी

क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरेको भन्दै प्रियंकाले दिइन् उजुरी

  • आइतवार, चैत्र ६ २०७८

  • 950
    SHARES

  • क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरेको भन्दै प्रियंकाले दिइन् उजुरी

    काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

    केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

    ‘मेरो फोटो मिसयुज गरेर क्रिप्टोकरेन्सीको विज्ञापन बनाइएको रहेछ । दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै उजुरी दिएकी छु,’ प्रियंकाले भनिन् ।

    उनले अगाडि भनिन्, ‘मलाई कसैले बोलाएको होइन । प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन आएकी हुँ ।’ फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताइन् ।

    नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।


    आइतवार, चैत्र ६ २०७८०४:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij