काठमाडौँ । मन्त्रिपरिषद् बैठक आइतबार(आज) बस्दैछ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।