Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अरुको आड लागेर चुनाव जितिँदैन : झलनाथ खनाल

अरुको आड लागेर चुनाव जितिँदैन : झलनाथ खनाल

  • शनिवार, चैत्र ५ २०७८

  • 946
    SHARES

  • अरुको आड लागेर चुनाव जितिँदैन : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

    अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिए ।

    नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताए ।

    ‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने हो । त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौं भने अरुको आड अडेस लागेर अगाडि जान सक्दैनौं’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने रु यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं ।’

    उनले सत्तारुढ गठबन्धनबीच खास खास अवस्थामा खास खास ठाउँमा मात्र चुनावी तालमेल गर्ने बताए ।


    शनिवार, चैत्र ५ २०७८०२:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij