Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

के तपाई चिया बढि पिउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

के तपाई चिया बढि पिउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

  • मंगलवार, श्रावण २७ २०७७

  • 1.2K
    SHARES

  • के तपाई चिया बढि पिउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

    काठमाडौं । अधिकाशं नेपाली दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ । कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झै बनेको छ । चिया औपचारिकता होइन, एक प्रकारले नेपाली संस्कार झै बनेको छ ।

    त्यसैले चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्ने गर्दछ । कालो चिया पिउनु केहि हदसम्म फाइदाजनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिकारक मानिन्छ ।

    यस्ता छन् धेरै चिया पिउदा हुने १५ बेफाइदाहरु :

    १. अत्यधिक चिया पिउने मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

    २. चिया पकाउदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैन यसले शरीरमा असर पार्दछ ।

    ३. चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ तर चियाले शरीरलाई तातो पार्दैन ।

    ४. एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदैन ।

    ५. तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्दछ ।

    ६. चियालाई ताततातो पिउनु हुदैन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।

    ७. धेरै चियापती हालेर चिया खानु हुदैन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

    ८. दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।

    ९. चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।

    १०. अत्यधिक चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।

    ११. चिया धेरै पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।

    १२. धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखापर्छ ।

    १३. भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।

    १४. धेरै चिया पिउँदा भोक कम लाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।

    १५. रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।


    मंगलवार, श्रावण २७ २०७७०३:१६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij