Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मुम्बईमा ओटीएम ट्रावल मार्ट सम्पन्न, नेपाल पर्यटन बोर्ड सहित १७ निजी कम्पनीको सहभागिता

मुम्बईमा ओटीएम ट्रावल मार्ट सम्पन्न, नेपाल पर्यटन बोर्ड सहित १७ निजी कम्पनीको सहभागिता

  • शुक्रवार, चैत्र ४ २०७८

  • 468
    SHARES

  • मुम्बईमा ओटीएम ट्रावल मार्ट सम्पन्न,  नेपाल पर्यटन बोर्ड सहित १७ निजी कम्पनीको सहभागिता

    काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजना गरिएको “आउट वाउण्ड ट्रावल मार्ट” मा सहभागिता जनाएको छ ।

    फागुन ३० देखि चैत्र २ गते (१२–१६ मार्च २०२२) सम्म मुम्बईको बोम्बे एक्जिवेशन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसंग सम्बन्धित निजी संस्थाहरूको सहभागिता रहको थियो ।

    सो मार्टमा नेपाल सहित मार्टमा २० देशबाट ६ सयभन्दा बढि प्रर्दशक तथा भारतको २९ भन्दा बढि राज्य र सात विभिन्न क्षेत्रबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा माल्दिप्सका पर्यटन मन्त्री अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटन मन्त्रि डा.एम.माथिभेन्थन माल्दिभ्सको पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेशनका प्रबन्ध निर्देशक तोयिब मोहम्मद लगायत विभिन्न देशका सरकारी तथा निजि क्षेत्रका अधिकारीहरुले नेपाली प्याभिलियनको निरिक्षण समेत गर्नु भएको थियो ।

    सो अवसरमा उहाँहरुले कोभिडपछिको नेपालको पर्यटनका अवस्था र भईरहेका क्रियाकपालबारेमा जिज्ञासा राख्नु भएको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिनुभयो ।

    यस्तै नेपाल प्याभिलियन भ्रमण गर्ने अन्य सहभागीहरुबाट आएका जिज्ञासा सहित नेपालले कोभिड पछि नेपाल करिब पूर्ण रुपमा खुला भई सकेको,नेपाल भारत तथा अन्य देशहरुबाट समेत नियमित उडानहरू शुरु भएको र नेपाल पर्यटनको नियमित गन्तव्य बाहेक वेडिङ डेस्टिनेशन,फिल्म छायांङ्कन तथा अन्य माईस पर्यटनको लागि उत्कृष्ट गन्त्तव्य रहेको कुरा सो अवसरमा जानकारी गराएको थियो ।

    भारत नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजार रहनुका साथै स्थल मार्ग तथा हवाई मार्गबाट नेपाल भ्रमणको लागि थप सहजता बन्दै गएको सो अवसरमा जानकारी गराइएको थियो ।

    नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतका विविभन्न सहरहरुमा सिधा उडान शुरु गरेको सन्र्दभमा नेपाल भारत बीचको पर्यटन प्रर्वद्धनमा थप सहजता थपिने विश्वास गरिएको छ ।

    कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डलाई डिजाइन एण्ड डेकोरेसन अवार्ड प्रदान गरिएको थियो ।


    शुक्रवार, चैत्र ४ २०७८०६:४९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij