Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको १५५ रुपैयाँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको १५५ रुपैयाँ

  • बिहिवार, चैत्र ३ २०७८

  • 851
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको १५५ रुपैयाँ

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो ।

    भारतबाट मूल्य बढेर आएसँगै घाटा कम गर्ने उद्देश्यले मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ कायम भएको छ ।

    यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर २ सय डलर बढेको छ । आयल निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन । पटक पटक मूल्य बुढाए पनि अझै घाटामा रहेको निगमको दाबी छ ।


    बिहिवार, चैत्र ३ २०७८०६:३६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij