Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड

बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड

  • शनिवार, फाल्गुण २८ २०७८

  • 874
    SHARES

  • बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् ।

    शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए । उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु ।’

    पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले सम्झिए । बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’

    डाक्टर र वैद्यले आफूलाई साताएको बेला बोगटीले नै संकट टार्ने गरेको उनले सुनाए ।

    माओवादी केन्द्रका नेता बोगटीले ३० भदौ २०७१ मा निधन भएको थियो ।


    शनिवार, फाल्गुण २८ २०७८०४:२३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij