Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ओली सडकमा पछारिएका छन्, हामी देशको अगुवाइ गरिरहेका छौं : माधव नेपाल

ओली सडकमा पछारिएका छन्, हामी देशको अगुवाइ गरिरहेका छौं : माधव नेपाल

  • शनिवार, फाल्गुण २८ २०७८

  • 849
    SHARES

  • ओली सडकमा पछारिएका छन्, हामी देशको अगुवाइ गरिरहेका छौं : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भकाा कारण नेकपा एमालेका अध्यक्ष सडकमा पछारिएको बताएका छन् । र आफूहरु देशको अगुवाइ गरिरहेको बताएका छन् ।

    ‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा छारिन पुगे रु के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’

    पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।

    ‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभइयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’


    शनिवार, फाल्गुण २८ २०७८०३:२९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij