काठमाडौं । सोलुखुम्बुमा विदेशबाट फर्किएकाहरुलाई जिल्ला सदरमुकामस्थित क्वारेन्टाइनमा राखि कोरोनामुक्त (संक्रमित भएमा) भएपछि मात्र घर पठाइने भएको छ ।
जिल्ला समन्यव समिति सोलुखुम्बुका संयोजक वीरकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले सदरमुकाममा रहेका क्वारेन्टाइनलाई थप व्यवस्थित र वेड संख्या बृद्धि गर्ने र विदेशबाट आएका/आउनेहरुलाई क्वारेन्टाइनमा राखि कोरोनामुक्त भएपछि मात्र घर पठाउने निर्णय गरेको हो ।
आइसोलेशनको व्यवस्थापन तथा सञ्चालन जिल्ला अस्पताल विकास समितिमार्फत गर्ने र क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च सम्बन्धीत स्थानीय तहले बेहोर्ने समेत निर्णय भएको संयोजक राईले जानकारी दिनुभयो ।
यस्तै बैठकले जिल्लामा वन्यजन्तुका कारणले हुने मानवीय तथा कृषि क्षेत्रका क्षति नियन्त्रणका लागि डिभिजन वन कार्यालयले आवश्य सुरक्षात्मक प्रविधिको उपयोग र वितरणको व्यवास्था मिलाउने निर्णय पनि गरेको छ ।
यस्ता छन् निर्णयका पूर्णपाठ;
