Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाली निर्माण व्यवसायीले एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस् : प्रधानमन्त्री

नेपाली निर्माण व्यवसायीले एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस् : प्रधानमन्त्री

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 760
    SHARES

  • नेपाली निर्माण व्यवसायीले एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस् : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीअन्तर्गतका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

    नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

    पधानमन्त्री देउवाले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताउनुभयो । अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उहाँले बताउनुभयो ।

    एसमीसीको ५० करोड डलर सहयोगअन्तर्गत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुने भनिएको छ ।


    शुक्रवार, फाल्गुण २७ २०७८०३:३९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij