Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

स्थानीय तह निर्वाचनबारे छलफल हुने
  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 265
    SHARES

  • निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गर्दैछ। आज हुने छलफलमा आयोगले राजनीतिक दलहरूलाई हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ।

    संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

     


    शुक्रवार, फाल्गुण २७ २०७८०७:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij