Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राति सुतेका बेला डोटीमा घर भत्कियो , एकै परिवारका चार जनाको मृत्यु

राति सुतेका बेला डोटीमा घर भत्कियो , एकै परिवारका चार जनाको मृत्यु

  • मंगलवार, श्रावण २७ २०७७

  • 1.2K
    SHARES

  • राति सुतेका बेला डोटीमा घर भत्कियो , एकै परिवारका चार जनाको मृत्यु

    डोटी । डोटीमा घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    स्थानीयले दिएको जानकारी अनुसार गएराति करिब एक बजेतिर घर भत्किएको हो । लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

    घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको हो ।

    प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्लको भनाई छ ।


    मंगलवार, श्रावण २७ २०७७०७:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij