Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

  • सोमवार, श्रावण २६ २०७७

  • 781
    SHARES

  • भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ। सोमबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेपछि मात्र आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन दिने निर्णय गरेको हो।

    यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीति सवारी साधन चल्दै आएका छन्।

    पछिल्लो समय देशैभर कोरोनाको महाबारी बढेपछि सरकारले सवारी साधन तत्काल खुला नगर्ने निर्णयमा पुगेको एक मन्त्रीले जानकारी दिए। शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने भएका छन्।

    मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० बाट घटाएर १० झार्ने निर्णय पनि लिएको छ।

    विद्यालय सञ्चालनबारे भने कुनै निर्णय नभएको ती मन्त्रीले जानकारी दिए। यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरेको थियो।


    सोमवार, श्रावण २६ २०७७१०:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij