Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्य बनाउन लबिङ

कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्य बनाउन लबिङ

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 894
    SHARES

  • कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्य बनाउन लबिङ

    काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेपाली कांग्रेस निकटको नेपाल साँस्कृतिक संघले लबिङ गरेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।

    राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको साँस्कृतिक संघ निकट स्रोतले बताएको छ ।

    तर यस विषयमा शाहले केही बोलेका छैनन् । २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका थिए । शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसकेका छन् ।


    मंगलवार, फाल्गुण २४ २०७८०५:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij