Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आज थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

आज थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

  • सोमवार, फाल्गुण २३ २०७८

  • 473
    SHARES

  • आज थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं – देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    सोमवार, फाल्गुण २३ २०७८०४:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij