Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको पुनर्जागरणका लागि रामचन्द्र पौडेलले अघि सारे ७ दृष्टिकोण

नेपाली कांग्रेसको पुनर्जागरणका लागि रामचन्द्र पौडेलले अघि सारे ७ दृष्टिकोण

  • सोमवार, श्रावण २६ २०७७

  • 666
    SHARES

  • नेपाली कांग्रेसको पुनर्जागरणका लागि रामचन्द्र पौडेलले अघि सारे ७ दृष्टिकोण

    काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन्।

    आउँदो फागुनमा ७–१० सम्म हुने पार्टीको १४औँ महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा देखिएका पौडेलले पार्टीलाई नवजीवन दिनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

    पौडेलले पार्टी जीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिको आधारलगायतका विषयमा धारणा अघि सारेका हुन्।

    यस्तो छ पौडेलले सार्वजनिक गरेका सात दृष्टिकोण

    १। पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

    २। लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।

    ३। समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।

    ४। हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

    ५। व्यवस्थाको प्रश्न – सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय स’शासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

    ६। सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

    ७। परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धन ।


    सोमवार, श्रावण २६ २०७७०५:५७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij