Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र प्रधानसेनापतिले एकसाथ बुझाए राष्ट्रपतिलाई प्रतिवेदन

प्रधानमन्त्री र प्रधानसेनापतिले एकसाथ बुझाए राष्ट्रपतिलाई प्रतिवेदन

  • आइतवार, फाल्गुण २२ २०७८

  • 784
    SHARES

  • प्रधानमन्त्री र प्रधानसेनापतिले एकसाथ बुझाए राष्ट्रपतिलाई प्रतिवेदन

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

    ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेदन बुझाउने काम मात्र भएको उनले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’


    आइतवार, फाल्गुण २२ २०७८०४:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij