Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने

नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने

  • आइतवार, फाल्गुण २२ २०७८

  • 677
    SHARES

  • नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने

    काठमाडौं । नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताउनुभयो ।

    उहाँका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ ।

    यस्तै बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र आउनेछ । उहाँले हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने जानकारी दिनुभयो ।

    अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्ने उनले बताए। नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक फरक समयमा मात्रा निर्धारण गरेर खोप आउने उहाँले बताउनुभयो ।

    यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने चौरासियाले जानकारी दिनुभयो ।


    आइतवार, फाल्गुण २२ २०७८१०:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij