Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज थप तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कतिजना संक्रमित थपिए ?

आज थप तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कतिजना संक्रमित थपिए ?

  • सोमवार, श्रावण २६ २०७७

  • 585
    SHARES

  • आज थप तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कतिजना संक्रमित थपिए ?

    काठमाडौं ।  नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १, खोटाङका २, मोरङका १४, धनुषाका १३, महोत्तरीका ३, बाराका ३, पर्साका २२, काठमाडौँका ३६, ललितपुरका ४, नुवाकोटका ४, रौतहटका ३१, सर्लाहीका २१ जना रहेका छन्।

    यस्तै सिन्धुपाल्चोकका १, मोरङका १, मकवानपुरका २३, सिन्धुलीका ६, अछामका १, अर्घाखाँचीका १, बागलुङका १, भक्तपुरका ४, चितवनका १, गोर्खाका ३, पाल्पाका १, रामेछापका १, स्याङजाका १, तनहुँका २, नवलपरासीका २ जना रहेका छन्।

    यस्तै प्युठानका १५, रुपन्देहीका १, कपिलवस्तुका ११, बाँकेका ६३, वर्दियाका २, दाङका ५, कैलालीका ७, सल्यानका १, रोल्पाका १, सल्यानका ६, सुर्खेतका १, दैलेखका १७, बैतडीका १ तथा बझाङका १ जना संक्रमित थपिएका हुन्।

    कोरोना भाइरसको संक्रमण निको भएर थप १४० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ७९३ पुगेको छ।


    सोमवार, श्रावण २६ २०७७०५:१८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij