काठमाडौं । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आज सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा २ जना, बाँकेमा १ जना र पर्सामा १ जनाको मृत्यु भएको जानकारी दिए।
बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिलाको हिजो मृत्यु भएको छ। उनी उच्च रक्तचापको बिरामी थिइन्।
त्यसैगरी पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको हिजो मृत्यु भएको छ।
प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौंको काठमाडौं मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ।
आज नै कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।